होमपेज / समाज
एजेन्सी, काठमाडौँ । भारतमा कोरोना भाइरसको संख्या ९ लाख नाघेको छ । भने २७ हजार ७ सय बढिको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २८ हजार ४ सय ९८ नयाँ संक्रमित थपिए संगै कुल संक्रमितको संख्या ९ लाख ६ हजार ७ सय ५२ पुगेको हो ।
भारतको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारत भरी कोरोनाभाइरसका कारण ५ सय ५३ जनाको मृत्यु भएको छ । देशभरी कुल सक्रमितमध्ये तीन लाख ११ हजार ५ सय ६५ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् । त्यसैगरी पाँच लाख ७१ हजार ४ सय ५९ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै हाल सम्म भारतभर २३ हजार ७ सय २७ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । भारतमा सब भन्दा बढी प्रभावित महाराष्ट्र राज्य रहेको छ । महाराष्ट्रमा मात्रै दुई लाख ६० हजार ४ सय ६१ जना संक्रमित भएका छन् भने दश हजार ४ सय ८२ जनाको मृत्यु भएको छ ।
दोस्रो धेरै संक्रमित भएको तमिलनाडु राज्यमा एक लाख ४२ हजार ७ सय ९८ जना रहेका छन् भने २ हजार ३२ जनाको मृत्यु भएको छ । तेस्रो धेरै संक्रमित भएको दिल्ली प्रदेशमा एक लाख १३ हजार ७ सय ४० जना रेहेका छन् । दिल्लीमा कोरोना संक्रमणको कारण ३ हजार ४ सय ११ जनाको मृत्यु भएको छ ।
कोरोना भाइरस संक्रमणको हिसाबबाट विश्वभरीको तथ्यांकलाई हेर्दा भारत तेस्रो धेरै संक्रमित रहेको देशमा पर्दछ । पहिलो स्थानमा अमेरिका र दोस्रोमा ब्राजिलमा रहेका छन् ।