ट्रेण्डिङ

होमपेज / समाज

यूएईद्वारा भिसा सम्बन्धी नयाँ नियम लागु 

नेपालगाथा २०७७ असार ३० गते मंगलबार १३:३६:३१ मा प्रकाशित

काठमाण्डौ । यूएईले भिसा सम्बन्धी नयाँ नियम लागु गरेको छ । कोरोनाको कारण यस अघि लागू गरेको भिसा सम्बन्धी नयाँ नियम खारेज गर्दै नयाँ निमय लागू गरेको हो । यूएईले कोरोनाको कारण यस अघि ३१ डिसेम्बर २०२० सम्मको लागि सबै किसिमका (रेसिडेन्स, भिजिट, टुरिस्ट) भिसा अवधि बढाउने भनिएको नियम खारेज गर्दै नयाँ नियम ल्याएको यूएईका स्थानीय सञ्चार माध्यमले जनाएको छ ।

नयाँ नियम अनुसार मार्च र अप्रिल महिनामा भिसा अवधि सकिएकाहरुले जुलाई १२ देखि १ महिनाभित्र नयाँ भिसा लगाइ सक्नुपर्ने यूएईले जनाएको छ ।

जुन १ देखि जुलाई ११ सम्ममा भिसाको अवधि सकिएकाले सेप्टेम्बर १० देखि एक महिनाभित्र नयाँ भिसा लिनु पर्नेछ । यस्तै गरी जुन १ देखि जुलाई ११ सम्ममा भिसा अवधि सकिएकाले सेप्टेम्बर १० देखि एक महिनाभित्र नयाँ भिसा लिनुपर्ने र जुलाई ११ भन्दा पछि भिसाको म्याद सकिएकाले भने पहिलेकै नियम अनुसार नयाँ भिसाका लागि प्रक्रिया गर्नुपर्ने यूएई सरकारले जनाएको छ ।

बिदामा यूएईभन्दा बाहिर रहेका तर कोरोनाको कारण फर्कनुपर्ने समयमा फर्कने नसकेकाको हकमा भने दुई देशबीच उडान सुरु भएको एक महिनाको अवधिलाई ग्रेस अवधि भनेर दिएको छ । यूएईभन्दा बाहिर रहेका भिसाको अवधि सकिएकाहरुले नियमित उडान सुरु भएको एक महिनाभित्र यूएई गएर नयाँ भिसा लिनुपर्ने नियम बनाइएको छ । यूएईले जारी गरेको भिसा सम्बन्धी नयाँ नियम जुलाई १२ आइतबारदेखि लागू भएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top