ट्रेण्डिङ

होमपेज / समाज

मप विश्वविद्यालयमा रजिष्टारको लागि १९ जनाको आवेदन

नेपालगाथा २०७७ असार ३० गते मंगलबार १२:४७:४९ मा प्रकाशित

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा रिक्त रहेको रजिष्टार पदको लागि १९ जनाले आवेदन दिएका छन् । यहि असार २२ गते देखि २८ गते सम्म आवेदनको लागि समय तोकिएकोमा १९ जनाको आवेदन परेको विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले जानकारी दिनुभयो । 

‘आवेदनको लागि तोकिएको एक हप्ताको समय भित्र १९ जनाको आवेदन परेको छ ।’ उहाँले भन्नुभयो, ‘दुई जनाको निर्धारित समय भन्दा ढिलो गरी आवेदन परेकाले त्यो रिजेक्ट गरिएको छ । अब बाँकी १९ जना भित्रबाट रजिष्टार छनोट प्रक्रिया अघि बढ्छ ।’

साथै उहाँले तीन सदस्यीय छनोट समिति गठन गरेर एक/दुई हप्तामा नयाँ रजिष्टार नियुक्त गरिने बताउनुभयो । छनोट समितिमा राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका व्याक्तित्वहरु रहने उहाँको भनाई छ । रजिष्टारको लागि पुर्व डिनदेखि विश्वविद्यालयकै सहप्राध्यापकहरुको आवेदन परेको छ । उपकुलपति सिंहले कर्णाली प्रदेश संगै अन्य प्रदेशबाट पनि रजिष्टारको लागि आवेदन परेको जानकारी दिनुभयो । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top