ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा ३४ जना कोरोना संक्रमित उपचार पछि डिस्चार्ज

 १७ जना जिल्लाका बिभिन्न आईसोलेसनमा उपचाररत

नेपालगाथा २०७७ असार २९ गते सोमबार १७:०७:३८ मा प्रकाशित

हिमाल शर्मा, सल्यान । सल्यानमा सोमबार ३४ जना कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्किएका छन । लुहापिङको आईसोलेसनमा उपचार गराईरहेका ३४ जना निको भएर आज घर फर्किएको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ ।

कोरोना जितेर घर फर्कनेमा कुमाख गाउँपालिकाका १५, बनगाड कुपिण्डे नगरपालिकाका ९, शारदा नगरपालिकाका ३ र बागचौर नगरपालिकाका २ जना रहेका छन् । यस्तै दार्मा गाउँपालिका र कपुरकोट गाउँपालिकाका १/ १ जना निको भएर घर फर्किएको जिल्ला स्वास्थ्य कार्यलय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले जानकारी दिए ।

यो सँगै जिल्लामा कोरोना संक्रमित निको भएर घर फर्कनेको संख्या २ सय ८ पुगको छ । फोकल प्रर्सन पुनका अनुसार बाँकी १७ जना जिल्लाका बिभिन्न आईसोलेसनमा उपचार गराईरहेका छन ।

उनका अनुसार ७ जना लुहापिङको आईसोलेसनमा, ९ जना बनगाड कुपिण्डे नगरपालिकाको आईसोलेसनमा र छत्रेश्वरी गाउँपालिकाको आईसोलेसनमा १ जना गरी १७ जनाको उपचार भई रहेको छ । सल्यानमा २ सय २५ जनामा कोरोना भाईरस संक्रमित भेटिएकोमा अहिले सम्म २ सय ८ जना निको भएर घर फर्किसकेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top