ट्रेण्डिङ

होमपेज / समाज

देशभर थप १ सय ४४ जनामा कोरोना, १ हजार ७ सय बढि डिस्चार्ज

नेपालगाथा २०७७ असार २९ गते सोमबार १६:३८:३७ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ सय ४४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले त्यो संगै कुल संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको जानकारी दिए ।

डिस्चार्ज हुनेको कुल संख्या १० हजार २ सय ९४ पुगेको छ । अब सक्रिय संक्रमितको संख्या ६ हजार ६ सय १३ रहेको छ । विगत २४ घण्टामा १ हजार ७ सय ५ जना संक्रमित निको भएर घर फर्किएका प्रवक्ता डाक्टर गौतमको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top