ट्रेण्डिङ

होमपेज / समाज

प्राध्यापकहरुलाई उपकुलपतिको सुझाव – कुरा हैन काममा विश्वास गर्नुहोस् 

नेपालगाथा २०७७ असार २९ गते सोमबार १२:१९:२० मा प्रकाशित

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले कुरामा नभएर काममा विश्वास गर्न प्राध्यापकहरुलाई आग्रह गर्नुभएको छ । आइतबार नेपाल प्रगतिशील प्राध्यापकसंगठन र नेपाल प्रगतिशील कर्मचारी संगठनद्वारा आयोजित भेटघाट कार्यक्रममा सिंहले बोलीलाई व्यवहारमा पुष्टी हुने गरी काम गर्नुपर्ने बताउनु भएको हो ।

आफु विश्वविद्यालय बनाउन कामदार भएर काममा व्यस्त रहेको भन्दै उहाँले काठमाडौँमा तयार पारेको भिजनलाई सुर्खेतमा बसेर कार्यान्वय गर्नलाई रातदिन क्रियाशील भएर लागिरहेको बताउनुभयो ।  

‘पैसाको चाङमाथि राखे पनि भ्रष्ट्राचार गर्दिन ।’ उहाँले भन्नुभयो, ‘जति बाँच्छु देश र जनताको लागि काम गर्छु । अति आवश्यक काम बाहेक सुर्खेत छोड्दैन ।’
मप विश्वविद्यालय प्रतिस्पर्धाबाट उत्कृष्ट ठहरिएकाहरुको थलो हुनुपर्ने भन्दै उहाँले त्यो बनाउने अभियानमा अाफु लागिरहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top