ट्रेण्डिङ

होमपेज / समाज

कर्णालीमा थप २१ जनामा कोरोना, ४३ जना डिस्चार्ज

नेपालगाथा २०७७ असार २८ गते आइतबार १६:५३:२९ मा प्रकाशित

सुर्खेत । कर्णालीमा थप २१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका अनुसार प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा १० जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा ७ जना, चौरजहारी नगरपालिका पिसिआर प्रयोगशाला रुकुम पश्चिममा २ जना र दैलेख अस्पतालबाट १ जनामा कोरोना संक्रमण देखिएको छ । यो संगै कर्णालीमा कुल संक्रमितको संख्या १६ सय १६ पुगेको छ । 

४३ जना डिस्चार्ज
आइतबार कर्णालीका थप ४३ जना उपचार पछि डिस्चार्ज भएका छन् । दैलेख अस्पताल आइसोलेसन सेन्टर दैलेखबाट २७ जना, वनगाड कुपिन्डे आइसोलेसन सेन्टर सल्यानबाट १२ जनामा उपचार पछि डिस्चार्ज भएका छन् ।

यस्तै प्रदेश अस्पताल सुर्खेतबाट र नौमुले आइसोलेसन सेन्टर दैलेखबाट समान १, १ जना र भैरवी आइसोलेसन सेन्टरबाट २ जना गरी ४३ जना डिस्चार्ज भएका हुन ।  यो संगै कुल डिस्चार्ज हुनेको संख्या १४ सय ८ पुगेको छ ।  

प्रतिक्रिया

सम्बन्धित खवर

Top