होमपेज / समाज
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८२ जना कोरोना संक्रमित थपिएका छन् । देशका विभिन्न २५ वटा प्रयोगशालामा ३ हजार ९ सय १६ जनाको पिसिआर परीक्षण गर्दा ८२ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिए । यो संगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १६ हजार ८ सय १ पुगेको छ ।
त्यस्तै, आइतबार मात्र १ सय ४७ जना कोरोना संक्रमित उपचार पछि घर फर्कीएका छन् । हालसम्म कोरोना संक्रमणबाट निको भएर घर फर्कनेहरूको संख्या आठ हजार ५ सय ८९ छ ।