होमपेज / समाज
सुर्खेत । गठन भएको दुई पछि कर्णाली प्रदेशसभा संसदीय समितिले पूर्णता पाएका छन् । प्रदेशसभा अन्तर्गतका संसदीय समितिको नेतृत्व निर्विरोध चयन गरिएको हो । चार वटा समितिको अध्यक्ष पदका लागि एक÷एक जनाले मात्रै मनोनयन दर्ता गराएपछि नेतृत्व निर्विरोध चयन गरिएको हो ।
जसमा अर्थ तथा प्राकृतिक स्रोत समितिको अध्यक्षमा गणेशप्रसाद सिंह, सामाजिक विकास समितिको अध्यक्षमा देवी ओली, विधायन तथा प्रदेश मामिला समितिमा दानसिंह परियार र सार्वजनिक लेखा समितिमा दिनबन्धु श्रेष्ठ चयन भएका हुन । यसअघि ज्येष्ठताका आधारमा समितिको अध्यक्षता गरिदै आइएको थियो ।