ट्रेण्डिङ

होमपेज / समाज

सुर्खेत प्रहरी हिरासतमा एक जनामा कोरोना

नेपालगाथा २०७७ असार २८ गते आइतबार १२:१६:२३ मा प्रकाशित

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक जनामा कारोना भाइरसको संक्रमण देखिएको छ । हिरासतमा रहेका ३६ बर्षीया पुरुषमा कोरोना देखिएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको र पीडित र पीडकको सम्पर्कमा रहेका २३ जनाको पीसीआर परीक्षणका लागि स्वाव संकलन गरेर पठाइएको जानकारी दिए । 

साथै उनले जिप्रकामा आउने नयाँ केशका पीडकलाई छुट्टै राखेर पीसीआर परीक्षण गर्ने गरेको जानकारी दिए । ती पुरुषको रिपोर्ट पोजेटिभ आएपछि उनलाई बसपार्कस्थित आसोलेसनमा राखिएको एसपी भट्टले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top