ट्रेण्डिङ

होमपेज / समाज

जुम्ला पुग्यो सलह 

नेपालगाथा २०७७ असार २८ गते आइतबार ०८:२५:४८ मा प्रकाशित

जुम्ला । सलह किरा जुम्लामा पनि पुगेको छ । कर्णाली प्रदेशका रुकुम र जाजरकोट, सल्यान लगायतका केहि जिल्लाहरुमा देखिएको सलह जुम्ला पुगेको पाइएको छ ।

जुम्लाको पातारासी गाउँपालिकामा सलह कीरा देखिएको त्यहाँका किसानहरुले बताएका छन् । पातारासी गाउँपालिका १ र २ का केही बस्तीमा सलह कीराका झुण्ड प्रवेश गरेको भेटिएको उनीहरुको भनाई छ । 

सलहले बालीनालीमा पनि धेरै क्षति पु¥याएको उनीहरुको भनाई छ । सुरुमा छिटफुट देखिएपनि अहिले ठूलो झुण्डमा देखिन थालेका स्थानीय गोर्खबहादुर रावतको भनाई छ । आलु र मकै बारीमा प्रवेश गरेर ठुलो नोक्सान गरेको उनको भनाई छ । 

गाउँपालिकाले सलह कीराको झुण्डहरु प्रवेश गरेकोले किसानलाई सचेत रहन आग्रह गरिएको छ । कृषि विकास शाखा संयोजक रुपक बुढाले सलह भगाउने खास उपाय नभएको बताए । थाल बजाउन र त्यति गर्दा पनि भाग्न नमानेको खण्डमा समातेर मार्न सुझाएको उनले बताए । 

अहिले पातारानीवासीले ठूलो आवाज निकाल्ने र धुँवा जस्ता विधिबाट सलहलाई तितरबितर पार्ने प्रयास गरिरहेका उनको भनाई छ । ठूलो संख्यामा भारतबाट आएको सलहको बथान नेपालमा अधिकांश जिल्लाहरुमा पुगेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top