ट्रेण्डिङ

होमपेज / समाज

कोरोनाबाट थप तीन जनाको मृत्यु, कुल संक्रमितको संख्या ३८ पुग्यो

नेपालगाथा २०७७ असार २७ गते शनिबार १६:५६:३७ मा प्रकाशित

काठमाडौं । नेपालमा कोरोना भाइरस कोभिड १९ बाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ । संक्रमणबाट मृत्यु भएका थप तीन जनामा शनिबार कोरोना भाइरस पुष्टी भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारी अनुसार काठमाडौं शंखमुलका ६० वर्षीय पुरूषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । उनी फोक्सो र मिर्गौलाका बिरामी थिए । असार १६ गते उपचारका लागि पाटन अस्पताल भर्ना भएकोमा असार १७ गते गरिएको स्वाब परीक्षणमा उनमा कोरोना पुष्टि भएको थियो । 

सिन्धुपाल्चोक पाँचपोखरी वडा नम्बर ६ का ४५ वर्षीय पुरूषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । असार १८ गते क्षयरोगको उपचारका लागि पाटन अस्पताल भर्ना भएका ती पुरूषमा असार २२ गते कोरोना पोजेटिभ देखिएको थियो । उनको असार २५ गते मृत्यु भएको डाक्टर गौतमले जानकारी दिए ।

यस्तै काठमाडौं गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ घर भएका ५४ वर्षीय एक पुरूषको पनि असार २५ गते मृत्यु भएको हो । उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी मिर्गौला रोगबाट पीडित थिए । उनको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top