होमपेज / समाज
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ७० जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जोगेश्वर गौतमका अनुसार ३ हजार ६ सय ४८ नमुना परीक्षण गर्दा ७० जनामा मात्रै कोरोना देखिएको हो ।
यो संगै कुल संक्रमितको संख्या १६ हजार ७ सय १९ पुगेको छ । उस्तै शनिबार थप ४ सय ३१ जना निको भएर डिस्चार्ज भएका छन् । यो संगै कुल डिस्चार्ज हुनेको संख्या ८ हजार ४ सय ४२ पुगेको छ ।