ट्रेण्डिङ

होमपेज / समाज

बाढीपहिरोको क्षतिप्रति पाकिस्तान र भारतद्वारा दुःख व्यक्त

नेपालगाथा २०७७ असार २७ गते शनिबार १२:२०:११ मा प्रकाशित

काठमाडौं । छिमेकी देश पाकिस्तान र भारतले नेपालमा बाढीपहिरोले पु¥याएको क्षतिप्रति दुख व्यक्त गरेका छन् । पाकिस्तानका विदेशमन्त्री मोहम्मद कुरैशीले ट्वीट गरेर दुःखको घडीमा नेपाली जनताको साथमा रहेको बताएका छन् ।

विदेशमन्त्री कुरैशीले ट्वीटरमा लेखेका छन्, ‘बाढी र पहिरोले उत्पन्न संकटप्रति हामी नेपाली जनताप्रति समवेदना व्यक्त गर्दछौं । हामी नेपाली जनताको साथमा छौं र प्रभावित परिवारका लागि प्रार्थना गर्दछौं ।’

यसैगरी नेपालस्थित भारतीय दूतावासले पनि ट्वीट गर्दै नेपालका बिभिन्न जिल्लामा बाढी पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेको छ । ‘सिन्धुपाल्चोकलगायत नेपालका बिभिन्न जिल्लामा बाढी र पहिरोको कारण भएको जनधनको क्षतिप्रति दुःखी छौं,’ भारतीय दूतावासले लेखेको छ, ‘आफन्त गुमाएका परिवारप्रति समवेदना र प्रभावित परिवारप्रति सहानुभूति व्यक्त गर्दछौं ।’

शुक्रबार साँझ ७ बजेसम्म नेपालका ८ जिल्लामा गएको बाढी र पहिरोमा परेर २३ जनाको मृत्यु भएको छ भने ३६ जना बेपत्ता छन् । २६ जना घाइते भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top