ट्रेण्डिङ

होमपेज / समाज

चौकुने गाउँपालिकाद्वारा नयाँ एम्बुलेन्स खरिद

नेपालगाथा २०७७ असार २७ गते शनिबार ०७:३६:२२ मा प्रकाशित

सुर्खेत । पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाले नयाँ एम्बुलेन्स खरिद गरेको छ । गाउँपालिकाको वडा नम्बर २ बाँसपानी स्वास्थ्य चौकीमा सञ्चालन हुने गरी खरिद गरिएको हो । 

यस अघि गाउँपालिकाले आर्थिक बर्ष २०७४÷०७५ गाउँपालिकाबाट एम्बुलेन्स खरिदको लागि १२ लाख बजेट बिनियोजन गरेको थियो । त्यसको झण्डै दुई बर्ष पछि एमबुलेन्स ल्याइएको हो ।

नयाँ खरिद गरिएको एम्बुलेन्स भित्र अक्सिजन सिलिन्डर राख्न, एम्बुलेन्समा राजस्व छुट प्राप्त र एम्बुलेन्स सवारी दर्ता, विमा गर्ने बाँकी रहेको बताइएकाे छ ।

एम्बुलेन्स खरिद प्रक्रियाका अभियान्ता समेत रहेका आलेले भने, ‘एम्बुलेन्स खरिद गर्न गाउँपालिकाले बजेट विनियोजित गरेपछि आफुले टाटा स्वरुम संग सम्झौता गरि ५ जेठ २०७५ सालमा नै टोटल रकम पठाइसके थिए ।

पछि उक्त टाटा स्वरुमले एम्बुलेन्स खरिद प्रक्रिया ढिलाइ भएको भन्दै रकम बासपानी स्वास्थ्य चौकीको खातामा फिर्ता गर्यो ।’ उनले थपे, ‘पछि मैले अर्को कम्पनी संग सम्झौता गर्ने पर्ने अवस्था आयो र मैले २०७६ साल माघ महिनामा अग्नि प्रा. लि. संग सम्झौता गरि प्रक्रिया पूरा गरेर एम्बुलेन्स ल्याएको छु ।’
साथै उनले पश्चिमका जनताको सेवाको लागि एम्बुलेन्स २४सैं घण्टा तयार हुने बिश्वास व्यक्त गरे । 

यस्तै गाउँपालिका अध्यक्ष धिरबहादुर शाहीले एम्बुलेन्स संचालन कार्य बिधि निर्माण गरि दिगो रूपमा आफ्नै आम्दानीले धान्न सक्ने गरि व्यवस्थित तरिकाले संचालन गर्ने बताए ।

ग्रामीण क्षेत्रको कच्ची सडकमा सुरक्षित रूपमा एम्बुलेन्स चलाउन आवश्यक रहेको कुरामा उनले जोड  दिएका थिए ।  यस्तै गाउँपालिकाका उपाध्यक्ष निर्मला मगरले एम्बुलेन्सलाई एम्बुलेन्सकै रुपमा संचालन गराई आम नागरिकहरुलाई स्वास्थ्य सेवाको पहुँच बढाउन सहयोग गर्ने बताइन । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top