ट्रेण्डिङ

होमपेज / समाज

पहिरोमा पनी ज्यान गुमाएका प्रति मुख्यमन्त्री शाहीद्वारा दुःख व्यक्त

नेपालगाथा २०७७ असार २६ गते शुक्रबार १८:१७:४१ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले जाजरकोट र रुकुम पश्चिममा पहिरोमा परी ज्यान गुमाएका प्रति दुःख व्यक्त गर्नुभएको छ । शुक्रबार एक शोक वक्तव्य जारी गर्दै मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुबबिक्रम बुढाथोकीले पहिरोबाट भएको मानवीय क्षतिप्रति मुख्यमन्त्रीले गहिरो दुःख व्यक्त गरेको जानकारी दिनुभयो । 
जाजरकोटको बारेकोट गाउँपालिका वडा नं. ४ जिरीमा गएको पहिरोमा परी ७ जनाको ज्यान जानुका साथै ५ जना अहिलेसम्म बेपत्ता रहेका छन् भने रुकुम (पश्चिम) काे आठविसकोट नगरपालिका वडा नं. ३ रेझेखोलामा गएको पहिरोमा परि २ जनाको ज्यान गएको छ भने १ जना घाइते भएका छन् । 

‘विपदमा परि निधन हुनुभएका सबैप्रति माननीय मुख्यमन्त्रीज्यूले भावपूर्ण श्रद्धाञ्जली एवं शोकमा रहनुभएका परिवारजनप्रति धैर्य गर्न आग्रह गर्दै गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।’ वक्तव्यमा भनिएको छ । ‘यसबाट सम्बन्धित घरपरिवारमा पर्नगएको पीडाप्रति माननीय मुख्यमन्त्रीज्यूले गहिरो सहानुभूति सहित घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।’ 

पहिरोमा बेपत्ता नागरिकहरुको खोजी कार्य, विस्थापित परिवारका लागि राहत सामग्री एवं मृतकका परिवारलाई प्रदेश सरकारको तर्फबाट गरिएको विपद जोखिम विमा रकम भुक्तानी दिने व्यवस्था गर्न सम्वन्धित निकायलाई निर्देशन समेत दिनुभएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top