ट्रेण्डिङ

होमपेज / समाज

मप विश्वविद्यालय र चीनको वाणिज्य विश्वविद्यालय बीच सम्झौता

नेपालगाथा २०७७ असार २६ गते शुक्रबार १७:२७:१२ मा प्रकाशित

सुर्खेत । मध्यपश्चिमान्चल विश्वविद्यालय सुर्खेत, नेपाल र चीनको हपेई अर्थशास्त्र तथा वाणिज्य विश्वविद्यालय सिजियाच्वांङग बीच सम्झौता भएको छ । दुई विश्वविद्यालय बिच शैक्षिक तथा अनुसन्धान विकासमा सहकार्य गर्नका लागि सम्झौता भएको हो । 

मध्यपश्चिमान्चल विश्वविद्यालयको तर्फबाट उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह र हपेई अर्थशास्त्र तथा वाणिज्य विश्वविद्यालय तर्फबाट उपकुलपति प्रा.डा. हे छिछ्याङ्गले सम्झौता पत्रमा हस्ताक्षर गरेको विश्वविद्यालयका उपप्राध्यापक एवं सुचना तथा संचार प्रविधि विज्ञ पञ्चदेव भट्टले जानकारी दिनुभयो ।

उहाँले दुई विश्विद्यालय बिच २०७७ असार २ गते सम्झौता भएर आवश्यक कामहरु अघि बढाइरहेको जानकारी दिनुभयो । सम्झौता कुनै निश्चित अवधिका लागि मात्र नभई सम्झौता मिति पश्चात पनि दिर्घकालिन रुपमा लागु हुने उहाँको भनाई छ । 

सहकार्य पश्चात दुवै विश्वविद्यालयले साझा चासोका विषयहरुमा सहकार्य गर्ने बताइएको छ । दिर्घकालिन तथा समग्र सहयोगको परिधी अन्तर्गत रहेर वैज्ञानिक अनुसन्धान, शैक्षिक संस्था संचालन तथा भिजिटिंग स्कलर आदान प्रदान हुनेछ ।

शैक्षिक पठन पाठन सुधार तथा सिकाईका लागि उपयुक्त प्राध्यापकहरु समेत विश्वविद्यालय बीच आदान प्रदान हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top