ट्रेण्डिङ

होमपेज / समाज

जाजरकोटमा पहिरो, १२ जना बेपत्ता

नेपालगाथा २०७७ असार २६ गते शुक्रबार १२:०३:३४ मा प्रकाशित

जाजरकोट । जाजरकोटमा पहिरोले घर पुरिँदा १२ जना बेपत्ता भएका छन् । जिल्लाको बारेकोट गाउँपालिका ४ सार्कीगाउँमा गएराती पहिरोले दुइ घर पुरिँदा १२ जना बेपत्ता भएका हुन ।

बेपत्ता हुनेमा ५२ वर्षीय गोपाल सार्कीका उनको श्रीमती ५० बर्षीया पुष्पा सार्की, १३ बर्षीया छोरी लक्ष्मी, ११ बर्षीय छोरा अर्जुन रहेका छन् ।  त्यसैगरी कालु सार्की, ११ बर्षीय छोरी कमला र छोरा सुभास रहेका छन् ।  

कालुका घरमा पाहुना आएका कुशे गाउँपालिका ९ चौतारामा २० बर्षीय डिल्ली सार्की लगाएत ४ जना पहिरोमा बेपत्ता भएको बारेकोट गाउँपालिका अध्यक्ष महेन्द्र शाहले जानकारी दिए ।

घटना भएको स्थलमा प्रहरी तथा स्थानीयबासीले उद्धार जारी राखेको लगातारको पानीले अवरोध गरिरहेको अध्यक्ष शाहीको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top