ट्रेण्डिङ

होमपेज / समाज

एनसेलको नयाँ ‘ननस्टप युट्युब’ अफर

नेपालगाथा २०७७ असार २६ गते शुक्रबार ०९:०१:३६ मा प्रकाशित

काठमाडौं । एनसेलले नयाँ ‘ननस्टप युट्युब’ अफर ल्याएको छ । सबै फोरजी ग्राहकले भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युबबाट फाइदा लिन सक्ने भएका छन् । भिडियो सामाग्रीहरु हेर्दा धेरै डेटा खपत हुने र कम शुल्कमा ग्राहकले युट्युबको प्रयोग गर्न सक्ने बताइएको छ ।

एनसेलले आफ्नो नयाँ ‘प्लस’ थिम अन्तर्गत आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ‘ननस्टप युट्युब’ अफर ल्याएको हो ।

‘प्लस’ थिम अन्तर्गतको ननस्टप युट्युब अफरमा ग्राहकले निश्चिन्त रुपमा मात्र १०० रुपैयाँ (कर सहित मात्र रु १२७.६९) मा एक साताभरि ४८०पी मा युट्युब भिडियो हेर्न सकिन्छ ।

साथै यो अफरमा ग्राहकले ४ जिबी फोरजी अल टाइम अल नेटवर्क डेटाको पनि फाइदा लिन सक्नेछन् । फोरजी नेटवर्कमा ननस्टप युट्युब र ४ जिबी अल टाइम अल नेटवर्क डेटा सुचारु भएको दिनबाट ७ दिनको लागि मान्य रहने कम्पनीले बताएको छ । साथै यो प्याक सुचारु गर्ने ग्राहकले फेसबुक र टिकटकको लागि सुलभ दरमा छुट्टा छुट्टै आकर्षक प्याक पनि लिन सक्नेछन् ।

ग्राहकले ननस्टप युट्युब प्याक सुचारु गरे पछि हरेक दिन ५०० एमबीको दरले ७ दिन सम्म मात्र २० रुपैयाँ (कर सहित मात्र २५.५३) मा ३५०० एमबि थप डेटाको लिन सक्नेछन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top