ट्रेण्डिङ

होमपेज / समाज

धरहराको दशौं तलाको ढलान सम्पन्न

नेपालगाथा २०७७ असार २५ गते बिहीबार १८:२५:४८ मा प्रकाशित

काठमाडौं । २०७२ सालको भूकम्पले भत्किएको धरहराको दशौँ तलाको ढलान सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दशौँ तलाको ढलान सम्पन्न भएको जानकारी दिएको छ । लकडाउनका कारण केही समय प्रभावित भएपनि धरहराको काम ४० प्रतिशत सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले तीन तल्ले पार्किङ तर्फको काम जारी रहेको बताए । निर्माण स्थलभित्र रहेका गोश्वरा हुलाक कार्यालय, नेपाल राष्ट्र बैंकको टक्सार महाशाखा र कर्मचारी संचयकोष स्थानान्तरण गरी संचयकोष भवनको केही भाग भत्काउने काम जारी रहेको उनले बताए । हप्तादिनपछि धरहरा टावर निर्माणको काम सुरु हुने उनको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top