ट्रेण्डिङ

होमपेज / समाज

कर्णालीका थप ११ जनामा कोरोना, ३० जना डिस्चार्ज

नेपालगाथा २०७७ असार २५ गते बिहीबार १७:५९:३८ मा प्रकाशित

सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णालीका थप ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा सुर्खेतमा गरिएको परिक्षणमा ६ जना र चौरजहारी नगरपालिका रुकुम पश्चिमको पिसिआर प्रयोगशालामा गरिएको परिक्षणमा ५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । 

जसमा सुर्खेतका ५ जना, दैलेख र जाजरकोटका समान १, १ जना र रुकुम पश्चिमका ४ जनामा रहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डाक्टर लक्ष्मी नारायण तिवारीले जानकारी दिनुभयो । यो संगै कुल संक्रमितको संख्या १५ सय ६१ पुगेको छ । 

थप ३० जना डिस्चार्ज
बिहीबार मात्रै ३० जना कोरोना संक्रमित उपचार पछि डिस्चार्ज भएका छन् । जसमा प्रदेश अस्पताल सुर्खेतबाट १३ जना, दुल्लु अस्पताल दैलेखबाट १० जना र चौरजहारी अस्पताल रुकुम पश्चिमबाट ७ जना गरी ३० जना डिस्चार्ज भएका हुन ।

यो संगै कुल डिस्चार्ज हुनेको संख्या १३ सय २१ पुगेको छ । भने २ सय ३४ जनाको उपचार भइरहेको छ । हाल सम्म कर्णालीमा कोरोनाबाट ६ जनाको मृत्यु भएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top