होमपेज / समाज
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ सय ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्गवर गौतमका अनुसार यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको छ ।
प्रवक्ता प्रा.डा. गौतमले पछिल्लो २४ घण्टामा ४ हजार ५ सय ८८ वटा पीसीआर परीक्षणमा १ सय ८ जनामा संक्रमण देखिएको बताए ।
१ सय ३९ डिस्चार्ज
बिहीबार थप १ सय ३९ जना डिस्चार्ज भएका छन् । यो संगै बिहीबारसम्म कुल ७ हजार ८ सय ९१ जना कोरोना संक्रमण निको भइ डिस्चार्ज भएका छन् । भने कोरोना संक्रमणबाट हाल सम्म ३५ जनाको मृत्यु भएको छ ।