ट्रेण्डिङ

होमपेज / समाज

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख ४८ हजार नाघ्यो 

नेपालगाथा २०७७ असार २५ गते बिहीबार ११:४५:३२ मा प्रकाशित

एजेन्सी, काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख ४८ हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार हाल सम्म पाँच लाख ४८ हजार ९ सय १४ जनाले कोरोनाका कराण ज्यान गुमाएका छन् । 

अमेरिकामा कोरोना भाइरसको कारण अहिलेसम्म एक लाख ३२ हजार २ सय ९९ जनाको मृत्यु भइसकेको छ । त्यस्तै ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६७ हजार ९ सय ६४ पुगेको छ । बेलायतमा अहिलेसम्म ४४ हजार ६ सय २ जनाको कोरोना भाइरसको मृत्यु भएको छ । अहिलेसम्म विश्वभर ६५ लाख ६२ हजार ६ सय ७९ संक्रमित निको भइसकेका छन् ।

यस्तै संक्रमित हुनेको संख्या एक करोड २० लाख नाघेको छ । तथ्याङ्क अनुसार अहिलेसम्म विश्वभर एक करोड २० लाख १२ हजार ७ सय २० संक्रमित भेटिएका छन् ।

सबै भन्दा बढी अमेरिकामा साढे ३० लाख भन्दा बढी कोरोना भाइरसका संक्रमित फेला परेका छन् भने ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १७ लाख नाघेको छ । भारतमा पनि सात लाख ४० हजारभन्दा धेरै संक्रमित फेला परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top