ट्रेण्डिङ

होमपेज / समाज

सल्यानका थप ४ जनाले कोरोना जिते

नेपालगाथा २०७७ असार २५ गते बिहीबार १०:५०:४५ मा प्रकाशित

हिमाल शर्मा, सल्यान । सल्यानका थप ४ जनाले कोरोना जितेर घर फर्किएका छ्न । खलंगा स्थित लुहापिङ आइसोलेनमा रहेका बन्गाड कुपिण्डे नगरपालिकाका ४ जनाले कोरोनालाई जितेर घर फर्किएका हुन् ।

पछिल्लो पटक गरिएको पिसिआर परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर पठाइएको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल प्रसन रिखाराम पुनले जानकारी दिनुभयो ।

उनीहरुलाई थप केही दिन होम क्वारेन्टाईनमा बस्न सुझाव समेत दिइएको छ । यस सँगै सल्यानमा कोरोनालाई जितेर घर फर्किनेको संख्या १ सय ७४ पुगेको छ । जिल्लामा हाल सम्म २ सय २३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top