होमपेज / समाज
काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीलाई दर्ज्यानी चिन्ह लगाइएको छ । बिहीबार गृह मन्त्रालयका गृह सचिव महेश्वर न्यौपानेले चिन्ह प्रदान गरेका हुन् ।
सरकारले यस अघि मंगलबार अपरान्ह वरिष्ठताका आधारमा थापालाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । गृहको कार्यक्रम सकिएपछि उनलाई प्रहरी प्रधान कार्यालयमा स्वागत गर्न समारोह राखिएको बताइएको छ । भने अजैबाट थापाले महानिरीक्षकको कार्यभार सम्हाल्ने बताइएको छ ।