होमपेज / समाज
हिमाल शर्मा, सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका एक क्वारेन्टाइनबाट भागेका सबैको रिपोर्ट नेगेटिभ आएको छ । असार १८ गते आधारभूत बिद्यालय बनगाड कुपिण्डे नगरपालिका २ लाहाघाट क्वारेन्टाइनबाट भागेका ७० जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य शाखा प्रमुख बासुदेव पोखरेलले जानकारी दिनु भएको छ ।
स्वाब संकलन गरेको एक हप्ता पनि रिपोर्ट नआएको तथा लामो समयदेखि क्वारेनटाइनमा बस्नु परेको भन्दै उनीहरुले सुरक्षाकर्मीलाई ढुंगामुडा गरी भागेको थिए ।
गत जेठ १९ गते भारतको गुजरात र गडवालबाट आएका उनीहरुको १४ दिनपछि आरडिटी परीक्षण गर्दा तीन जनामा पोजेटिभ देखिएको थियो । पुनः असार १२ गते पीसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको रिपोर्ट आउन ढिला भएको भन्दै उनीहरु भागेको पोख्रेलले बताए ।
अहिले सम्म बनगाड कुपिण्डेका नगरपालिकामा ३३ वटा विद्यालयका क्वारेन्टाइन बनाएको थियो भने २५ सय नागरिक भारत तथा तेस्रो मुलुकबाट नगरपालिकामा फर्किएका थिए ।
नगरपालिकामा मात्र १ सय ५१ जनाको कोरोना पोजेटिभ देखिएको थियो भने मंगलबार मात्र ३ महिने बालक सहित कोरोना जितेर १४ जना घर फर्किएका छन भने अहिले सम्म कोरोना जितेर घर फर्किनेको संख्या १ सय ३३ रहेका छ ।
भने सल्यान क्याम्पस आइसोलेशनमा ९ जना र प्रभाकर माबि देवस्थल आइसोलेशनमा ९ जनागरी १८ जना कोरोना पोजेटिभ बाँकि रहेका छन । यस्तै भारतबाट आउने नागरिक कम भए पनि आउने क्रम भने जारी नै रहेको नगरपालिकाले जनाएको छ ।