होमपेज / समाज
सुर्खेत । कर्णाली प्रदेश अस्पतालका ४ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । बुधबार थप २ चिकित्सक र २ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको हो ।
अस्पतालको आइसोलेसन ड्युटी गरेर क्वारेन्टाइनमा बसेका उनीहरुको स्वाब परीक्षण गर्दा रिपोर्ट पोजिटिभ देखिएको अस्पतालका निर्देशक डा. डम्बर खड्काले जानकारी दिनुभयो ।
संक्रमित हुनेमा २ जना चिकित्सक कोरोना विशेष अस्पतालमा दुईहप्ते ड्युटी सकेर क्वारेन्टाइनमा थिए । दुईजना स्वास्थ्यकर्मी भने ओपीडी र वार्डमा ड्युटीमा कार्यरत हुन् । संक्रमण देखिएपछि उनीहरुलाई अस्पतालकै आइसोलेसनमा राख्ने तयारी भइरहेको उहाँको भनाई छ । यस अघि पनि प्रदेश अस्पतालकै ९ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।