ट्रेण्डिङ

होमपेज / समाज

खोलाले बगाउँदा सल्यानमा एक बृद्धको मृत्यु 

नेपालगाथा २०७७ असार २४ गते बुधबार १७:४०:११ मा प्रकाशित

हिमाल शर्मा, सल्यान । सल्यानमा खोलाले बगाउँदा एक वृद्धको मृत्यु भएको छ । जिल्लाको कपुरकोट गाउपालिका वडा नम्बर ६ सिन्वाङ निवासी ७१ बर्षिय पूर्ण बहादुर महतराको शव भटिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

असार २२ गते सोमबारका दिन सोही ठाँउ स्थित छोरीको घरमा गएको र २३ गते मंगलवार छोरीको घरबाट आफ्नो घर फर्किने क्रममा स्थानिय भुर खोलाले बगाएपछि उनको बुधबार आज बिहान शव भेटिएको प्रहरीको भनाई छ । 

‘घरकोले छोरीको घरमा जानुभएको छ भन्ने, छोरीको घरकोले आफ्नो घरमा गैसक्नु भो भन्ने तर खोला तर्दा ती बृद्धलाई बगाएको रहेछ ।’ सल्यान प्रहरी प्रमुख डिएसपि ढकेन्द्र खतिवडाले भन्नुभयो ‘स्थानियले शव देखेपछि प्रहरीलाई आज बिहान साँढे एघार बजेतिर खवर आएको थियो ।’ 

शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा ल्याउने तयारी भैरहेको उहाँको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top