होमपेज / समाज
सुर्खेत । कर्णालीमा थप २० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र कर्णाली प्रदेश अस्पताल, पशुपंक्षी अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा थप २० जनामा कोरोना देखिएको हो ।
प्रदेश अस्पताल, पशुपंक्षी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका १३ जना, दैलेखका २ जना, गुगुका २ जना जनामा संक्रमण देखिएको छ भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा दैलेखका ३ जनामा कोरोना संक्रमण देखिएको हो ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्तगर्तको स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले यो संगै कुल संक्रमितको संख्या १५ सय ५० पुगेको जानकारी दिएका छन् ।
थप १६ जना डिस्चार्ज
पछिल्लो २४ घण्टामा थप १६ जनाले कोरोना जितेका छन् । रुकुमपश्चिमको चौरजहारी अस्पतालबाट २ जना, सल्यान अस्पतालबाट ५ जना, सुर्खेतको सालकोट आइसोलेसनबाट १ जना र चौकुने गाउँपालिकाको आइसोलेसनबाट ८ जना कोरोना संक्रमणमुक्त भई घरफर्किएका हुन ।
यो संगै हाल सम्म कर्णालीमा कोरोना जित्नेको संख्या १२ सय ९१ पुगेको छ । हालसम्म ६ जनाको मृत्यु भएको छ ।
प्रेस विज्ञप्ति
