होमपेज / समाज
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार त्यो संगै कुल संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ ।
बुधबार ४ हजार ६ सय ९६ जनाको आरटी पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा २ सय ५५ जना संक्रमित भेटिएका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
२ सय ५३ जना डिस्चार्ज
त्यस्तै बुधबार २ सय ५३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या ७ हजार ७ सय ५२ पुगेको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।