ट्रेण्डिङ

होमपेज / समाज

शीर्षस्थानको युभेन्टस एसी मिलान संग पराजीत

नेपालगाथा २०७७ असार २४ गते बुधबार ०८:३०:३२ मा प्रकाशित

एजेन्सी । इटालियन सिरी ए अन्तर्गत अंक तालिकाको शीर्षस्थानमा रहेको साविक विजेता युभेन्टस एसी मिलना संग पराजीत भएको छ । एसी मिलानको घरेलु मैदान सान सिरोमा युभेन्टस ४–२ ले पराजित भयो ।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा भने ६ गोल सम्भव भएको थियो । युभेन्टसले दोस्रो हाफको सुरुवाती ८ मिनेटमा नै २–० को अग्रता लिएपनि १८ मिनेटको अन्तरमा लगातार ४ गोल खाएपछि हार बेहोरेको हो । 

मंगलबारकै अघिल्लो खेलमा लाजियो लेच्चेसँग पराजित भएकाले अंक तालिकामा युभेन्टसको अग्रता भने कम भएन । दोस्रो हाफको ४७ औं मिनेटमा फ्रान्सेली मिडफिल्डर एड्रीएन राबीओटले उत्कृष्ट गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । 

उनले मिडफिल्डको आफ्नो क्षेत्रबाट बल अगाडी बढाउँदै एकल प्रयासमा केहि डिफेन्डरलाई छक्याएका थिए । पेनाल्टी क्षेत्रको बाहिरबाट उनले गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएको थियो ।

अग्रता लिएको ५ मिनेटमा नै युभेन्टसले क्रिस्टियानो रोनाल्डोको गोलमा २–० ले अगाडी बढ्यो ।  खेलको ६२ औं मिनेटमा घरेलु टोली मिलानले भिडियो असिस्टेन्ट रेफ्रीको सहायताले पेनाल्टी पायो ।

लिओनार्डो बोनुचीले कर्नरमा ह्यान्ड गरेपछि रेफ्रीले रिप्ले हेरेर पेनाल्टी दिएका थिए । फरवार्ड ज्लाटन इब्राहिमोभिचले उक्त पेनाल्टीलाई गोलमा परिणत गर्दै खेलमा फर्कने संकेत दिए । ६६ औं मिनेटमा इब्राहिमोभिचको पासमा फ्रान्क केस्सीले गोल गर्दै खेल बराबरीमा ल्याए । पेनाल्टी क्षेत्रभित्र ज्लाटनसँग वन टु पास खेलेका केस्सीले सहजै गोल गरेका थिए ।

६७ औं मिनेटमा मिलानले अग्रता लियो । एन्टे रेबिचको पासलाई पोर्चुगिज फरवार्ड राफाएल लिआओले गोलमा परिणत गर्दै पुनरागमन जितको आधार बनाए ।
८० औं मिनेटमा युभेन्टसको कमजोर डिफेन्सको फाइदा उठाउँदै रेबिचले गोल गरे । गिआकोमो बोनाभेन्चुराले डिफेन्डरले दिएको पास आफ्नो नियन्त्रणमा लिँदै दिएको पासमा रेबिचले गोल गरेका थिए ।

यस हारका बाबजुद युभेन्टस अंक तालिकाको शीर्षस्थानमा ७ अंकले अगाडी रहेको छ । युभेन्टसको ३१ खेलमा ७५ अंक छ भने लाजियो ३१ खेलमा ६८ अंकसहित दोस्रो स्थानमा छ । मिलान भने ३१ खेलमा ४९ अंकसहित पाँचौ स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top