ट्रेण्डिङ

होमपेज / समाज

प्रहरी महानिरीक्षकमा शैलेश थापा नियुक्त

नेपालगाथा २०७७ असार २३ गते मंगलबार २१:२४:४४ मा प्रकाशित

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षकमा शैलेश थाप नियुक्त भएका छन् । सरकारले शैलेश थापा क्षेत्रीलाई २८ औं प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेको हो ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई आईजीपीमा बढुवा गरेको हो । थापासँगै एआईजी हरिबहादुर पाल महानिरीक्षक बन्ने प्रतिष्पर्धामा थिए । तर, सरकारले एआईजी बढुवामा समेत १ नम्बरमा रहेका थापालाई नै आईजीपी नियुक्त गरेको एक मन्त्रीले बताए ।

थापा पछिल्लो समय मानव स्रोत एवं प्रशासन विभागको नेतृत्व गरिरहेका थिए । अब महानिरीक्षकका रुपमा उनले २२ महिना नेपाल प्रहरीको नेतृत्व गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top