ट्रेण्डिङ

होमपेज / समाज

कर्णालीमा १४ जना कोरोना संक्रमित थपिए, २८ जना डिस्चार्ज 

नेपालगाथा २०७७ असार २३ गते मंगलबार १७:२६:५५ मा प्रकाशित

सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णालीमा १४ जना कोरोना भाइरसका संक्रमितहरु थपिएका छन् । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार थप १४ जनामा कोरोना देखिएको हो । 

कर्णाली प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोशालामा गरिएको परिक्षणमा १० जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा ३ जना र दैलेख अस्पताल दैलेखमा गरिएको परिक्षणमा १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । संक्रमित हुनेहरु मध्ये १२ जना सुर्खेतका र २ जना सल्यानका रहेका छन् । यो संगै कर्णालीमा कुल संक्रमित हुनेको संख्या १५ सय ३० पुगेको छ । 

थप २८ जना डिस्चार्ज
पछिल्लो २४ घण्टामा २८ जना कोरोना संक्रमित उपचार पछि डिस्चार्ज भएका छन् । मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डाक्टर लक्ष्मीनाराण तिवारीका अनुसार प्रदेश अस्पताल सुर्खेतबाट २ जना, चिङ्गाड आइसोलेसन सुर्खेतबाट ९ जना, दुल्लु अस्पताल दैलेखबाट २ जना उपचार पछि डिस्चार्ज भएका हुन ।

यस्तै भगवतीमाई आइसोलेसन सेन्टर दैलेखबाट ८ जना, नौमुले आइसोलेसन दैलेखबाट १ जना, सान्नित्रिवेणी आइसोलेसन सेन्टर कालिकोटबाट ५ जना र रास्कोट आइसोलेसन सेन्टर कालिकोटबाट १ जना गरी २८ जना उपचार पछि डिस्चार्ज भएका हुन । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top