ट्रेण्डिङ

होमपेज / समाज

मास्कको प्रयोग अनिवार्य गर्न प्रशासनको आग्रह

अटेरी गरे कारवाही गरिने

नेपालगाथा २०७७ असार २३ गते मंगलबार १४:४७:४४ मा प्रकाशित

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतमा मास्कको प्रयोग अनिवार्य रुपमा गर्न आग्रह गरेको छ । सरकारबाट विभिन्न समयमा जारी गरिएका निर्णय तथा निर्देशनका वावजुत आदेशको बर्खिलाप हुने गरी न्यूनतम स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्ने प्रवृत्ति बढेको भन्दै अनिवार्य गर्न आग्रह गरेको हो । 

मंगलबार सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले एक सुचना जारी गर्दै सरकारको निर्णय पालना नगर्दा कोभिड १९ को जोखिम भयावह हुने अवस्थमा रहेकाले जनस्वास्थ्य र सुरक्षा मापदण्ड पालन गर्न तथा मास्कको प्रयोग अनिवार्य गर्न आग्रह गर्नुभएको हो । 

साथै मास्कको प्रयोग नगरेको पाइएमा वा अटेर गर्नेहरुलाई संक्रामण रोग ऐन, २०२० अनुसार कारवाही गर्ने सुचनामा उल्लेख गरिएको छ । 

सुचना 

प्रतिक्रिया

सम्बन्धित खवर

Top