ट्रेण्डिङ

होमपेज / समाज

आज पूर्वराजा ज्ञानेन्द्रको ७४औं जन्मदिन 

नेपालगाथा २०७७ असार २३ गते मंगलबार १२:४२:२८ मा प्रकाशित

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको ७४औं जन्मदिन आज मनाइदैछ । जन्मदिनका अवसरमा शाहलाई राजतन्त्र समर्थकदेखि सर्वसाधारणले बधाई एवम शुभकामना दिएका छन् । शाहको जन्म वि.सं. २००४ असार २३ गते पूरानो नारायणहिटी राजदबारमा जन्मिएका ज्ञानेन्द्रले दुईपटक राजगद्दी सम्हालेका छन् । 

राणाविरोधी आन्दोलनका क्रममा उनका हजुरबुवा त्रिभुवन, बुवा महेन्द्र र दाजु वीरेन्द्र लगायत परिवारका अधिकांश सदस्य भारतमा शरण लिएपछि वि.सं. २००७ कार्तिक २२ गतेदेखि पुस २३ गतेसम्म उनी पहिलोपटक राजा भएका थिए ।

२०५८ जेठ १९ गते भएको राजदरबार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्रको वंशनाश भएपछि ज्ञानेन्द्र फेरि राजा बनेका थिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top