होमपेज / समाज
काठमाडौँ । संयुक्त राष्ट्र संघले जंगली जनावर मारे कोरोना जस्ता धेरै रोगको सामना गर्नुपर्ने बताएको छ । राष्ट्र संघको पर्यावरणसँग जोडिएको एक संस्थाले मानिसले जंगली जनावर मार्ने र उनीहरुमाथि उत्पीडन जारी राख्ने हो भने कोरोना भाइरसजस्ता अरु महामारीको सामना गर्नुपर्ने चेतावनी दिएको छ ।
युएन इन्भाइरोमेन्ट प्रोग्राम एण्ड इन्टरनेशनल लाइभस्टक रिसर्च इन्सटिच्यूटले कोरोना भाइरसजस्ता खतरनाक संक्रमणका लागि पर्यावरणमा भएको लगातारको क्षति, प्राकृतिक संसाधनको चरम दोहन, जलवायु परिवर्तन र जंगली जनावरलाई दिइएको उत्पीडन प्रमुख जिम्मेवार रहेको जनाएका छ ।
पछिल्लो वर्ष जनावर र पंक्षीबाट मानिसमा सर्ने रोग लगातार बढिरहेको भन्दै राष्ट्रसंघका विशेषज्ञले पनि यसतर्फ सचेत हुनुपर्नेमा जोड दिएका बिबिसीले जनाएको छ । संयुक्त राष्ट्रले प्रोटिनका मात्रा बढाउन जनवारको दिननानु दिन मार्दै गए यसले स्थिति भयावह हुनसक्ने चेतावनी दिएको हो ।
बिबिसी