ट्रेण्डिङ

होमपेज / समाज

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३५ पुग्यो

नेपालगाथा २०७७ असार २२ गते सोमबार १६:५५:५४ मा प्रकाशित

काठमाडौं । नेपालमा कोरोना भाइरस कोभिड १९ बाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ । सोमबार थप १ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भए संगै यो संख्या बढेर ३५ पुगेको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बाग्लुङमा क्वारेन्टाइनमा मृत्यु भएका युवकमा सोमबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । 

गत शनिबार राति निसीखोला गाउँपालिका–३ का २९ वर्षीय उनको क्वारेन्टाइनमै मृत्यु भएको थियो । उनी केही समय अघि भारतबाट आएर ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका थिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top