होमपेज / समाज
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ सय ८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार थप १ सय ८० जनामा कोरोना देखिएको छ ।
यो संगै देशभर कुल संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ । प्रवक्ता गौतमका अुनसार सोमबार मात्रै २ सय ६४ जना कोरोना संक्रमणबाट निको भई घर फर्किएका छन् ।