ट्रेण्डिङ

होमपेज / समाज

मास्क नलगाउनेलाई पक्राउ गर्न गृहको निर्देशन

नेपालगाथा २०७७ असार २२ गते सोमबार १६:००:१३ मा प्रकाशित

काठमाडौं । गृह मन्त्रालयलले मास्क नलगाइ घरबाहिर निस्किनेलाई पक्राउ गर्न निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयलाई बिना मास्क हिँडेको देखेमा पक्रन निर्देशन दिएको हो ।

हाल सरकारले लकडाउन पूर्णरुपमा खोलेको छैन । कोरोना संक्रमणको खतरा अहिले पनि रहेको र लकडाउन नखुली व्यवस्थित मात्र गरिएको छ ।

सरकारले जरुरी कामबाहेक घरबाहिर ननिस्कने, निस्कँदा अनिवार्य मास्क लगाउने, एक अर्काबीच कम्तीमा २ मिटरको सामाजिक दूरी कायम गर्नुपर्ने सुझाव दिएको छ ।

अब मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गरी संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top