ट्रेण्डिङ

होमपेज / समाज

नेपाल वायुसेवा निगमका १४ कर्मचारीमा कोरोना 

नेपालगाथा २०७७ असार २२ गते सोमबार १५:५०:३५ मा प्रकाशित

काठमाडौं । नेपाल वायुसेवा निगमका १४ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । तीनजना पाइलट सहित १४ जना उडान कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । 

निगमका अनुसार विदेशबाट यात्रु उद्धारमा खटिएका पाइलट सहित १४ जना कर्मचारीमा कोरोना पुष्टि छ । तीनजना पाइलट र अन्य ११ जना उडान कर्मचारीमा कोरोना पुष्टि भएको निगमले जानकारी दिएको छ । 

उनीहरुलाई आइसोलेसनमा पठाउने तयारी भइरहेको बताइएको छ । उनीहरु केही महिनायता विदेशबाट नेपालीको उद्धार र स्वास्थ्य सामग्री ढुवानीमा जुटेका थिए । निगमले विदेशबाट नेपालीको उद्धारका लागि खटिएका पाइलटसहितका आफ्ना कर्मचारीहरुलाई होटल सोल्टीको क्वारेन्टाइनमा राख्दै आएको थियो ।

निगमका पाइलटसहितका कर्मचारीलाई कोरोना भएको पुष्टि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले गरेका छन् । उनले सरकारले दिएको जिम्मेवारी पूरा गर्ने क्रममा निगमका चालक दलका केही सदस्यमा कोरोना पोजेटिभ देखिएकोमा दुस्ख लागेको बताएका छन् । संकटकालीन अवस्थामा उहाँहरुले गर्नु भएको कामको उच्च प्रशंसा गर्दछु’, उनले भनेका छन्, उहाँहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’ 

प्रतिक्रिया

सम्बन्धित खवर

Top