ट्रेण्डिङ

होमपेज / समाज

नेकपा स्थायी कमिटीको बैठक स्थगित

नेपालगाथा २०७७ असार २२ गते सोमबार ११:५८:२४ मा प्रकाशित

काठमाडौं । आज (सोमबार) बस्ने भनिएको नेकपा स्थायी कमिटीको बैठक फेरी स्थगित गरिएको छ । बैठक आगामी बुधबारसम्मका लागि स्थगित गरिएको हो ।
यस अघि पनि दुई दिनसम्म स्थायी कमिटी बैठक स्थगित गरेर सहमति प्रयास गरिएको थियो । तर ठोस सहमति नभएपछि फेरि पनि बैठक पछि सारिएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारी अनुसार अब स्थायी कमिटीको बैठक यही असार २४ गते ११ बजे बस्ने छ । यस बीचमा नेताहरुबीच सहमतिको प्रयास जारी रहने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top