ट्रेण्डिङ

होमपेज / समाज

कर्णालीका थप ९ जनामा कोरोना, ३० जना डिस्चार्ज 

नेपालगाथा २०७७ असार २१ गते आइतबार १६:५७:३१ मा प्रकाशित

सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णालीमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जिल्ला अस्पताल दैलेखमा गरिएको परिक्षणमा ८ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोशाला काठमाडौँमा गरिएको परिक्षणमा १ जना गरी ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

यो संगै कर्णालीमा कुल संक्रमितको संख्या १४ सय ९८ पुगेको प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

३० जना डिस्चार्ज 

आइतबार मात्रै ३० जना कोरोना संक्रमित उपचार पछि डिस्चार्ज भएका छन् । कर्णाली प्रदेश अस्पताल सुर्खेतबाट १३ जना, सल्यान अस्पतालबाट ५ जना, मेहलकुना अस्पताल सुर्खेतबाट ३ जना, गुर्वाकोट आइसोलेसन सुर्खेतबाट ३ जना र कालिकोट अस्प्तालबाट २ जना उपचार पछि डिस्चार्ज भएका हुन । 

यो संगै हाल सम्म १२ सय ३१ जना डिस्चार्ज भएको डाक्टर तिवारीको भनाई छ । हाल प्रदेशका विभिन्न अस्पताल तथा आइसोलेसनमा २ सय ६१ जना उपचाररत रहेको उनको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top