ट्रेण्डिङ

होमपेज / समाज

बाँदर धपाउन बन्दुक वितरण

नेपालगाथा २०७७ असार २१ गते आइतबार १२:४३:२४ मा प्रकाशित

तनहुँ । तनहुँमा बाँदर धपाउन बन्दुक वितरण गरिएको छ । जिल्लाको म्याग्दे गाउँपालिकाले बाँदर पीडित कृषकलाई बाँदर धपाउने बन्दुक निःशुल्क वितरण गरेको हो । गाउँपालिकाका ७ वटै वडाका कृषकहरुलाई गाउँपालिकाले बाँदर धपाउने बन्दुक निःशुल्क विरतण गरेको हो ।

पहिलो चरणमा ९० थान बन्दुक वितरण गरिएको छ । वालिङ नगरपालिकाबाट दुई लाख ५० हजार मूल्य बराबरको बन्दुक खरिद गरेर ल्याई कृषकहरुलाई वितरण गरिएको गाउँपालिका अध्यक्ष मायादेवी रानाले जानकारी दिए ।

बालीनाली खाएर कृषकले नोक्सानी बेहोर्नुपरेपछि कृषकलाई बन्दुक वितरण गर्ने निर्णय गरी उपलब्ध गराएको उनले बताए । गाउँपालिकाको घडेरी, सिम्ले, जामुनेभञ्ज्याङ, दोभान क्षेत्र, दीर्घु, बाख्रो, भोर्ले, साँघे फाँट आसपास क्षेत्र, हर्कपुर, विजयथुम, गाउँस्वाँरा, धैरेनी, सालघारीलगायतका क्षेत्रमा बाँदरले खेतीबाली खाएर सास्ती दिन थालेपछि कृषकहरुले पटकपटक गाउँपालिकामा आएर बन्दुक माग गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top