ट्रेण्डिङ

होमपेज / समाज

कक्षा ११ को बोर्ड परीक्षा नहुने, आन्तरिक मुल्यांकन गरिने

नेपालगाथा २०७७ असार २१ गते आइतबार १२:२२:४० मा प्रकाशित

काठमाडौं । सरकारले यस वर्षको कक्षा ११ को पनि बोर्ड परीक्षा नलिने भएको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण परीक्षा हुन नसके पनि अब आन्तरिक मूल्यांकनबाट विद्यार्थीहरुलाई प्रमाणपत्र दिइने बताइएको छ । यस अघि कक्षा ११ को परिक्षा वैशाख २१ गतेबाट गर्ने तय भएको थियो । 

परिक्षा नहुने भएपछि विद्यार्थीहरुको आन्तरिम मूल्यांकन कसरी गर्ने भनेर कार्यविधि बनाउने जिम्मा राष्ट्रिय परीक्षा बोर्डलाई दिइएको छ । कार्यविधि अनुसार सम्बन्धित कलेजलहरुले विद्यार्थीहरुलाई अंक प्रदान गर्नेछन् ।

यस अघि कोरोना संक्रमणको जोखिमका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) समेत नगर्ने निर्णय गरिसकेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top