ट्रेण्डिङ

होमपेज / समाज

कर्णालीका थप ६ जनामा कोरोना, कुल संक्रमित १४ सय ८९ पुगे

नेपालगाथा २०७७ असार २० गते शनिबार १७:४८:१५ मा प्रकाशित

सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णालीका थप ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखामा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार थप ६ जनामा कोरोना देखिएको हो । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परिक्षणमा सल्यानका ५ जना र  दैलेख अस्पतालमा गरिएको परिक्षणमा दैलेखका १ जनामा कोरोनाको संक्रमण देखिएको उनको भनाई छ । 

यो संगै कर्णालीमा हाल सम्म कुल संक्रमितको संख्या १४ सय ८९ पुगेको छ । भने हाल सम्म ६ जनाको उपचारका क्रममा मृत्यु भएको छ । यस्तै कुल संक्रमित मध्ये १२ सय १ जना उपचार पछि डिस्चार्ज भएका छन् । डाक्टर तिवारीका अनुसार आज २३ जना उपचार पछि डिस्चार्ज भएका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top