ट्रेण्डिङ

होमपेज / समाज

बझाङ पहिरोमा दुई जनाको शव भेटियो

नेपालगाथा २०७७ असार २० गते शनिबार १२:२३:१५ मा प्रकाशित

बझाङ । बझाङमा शनिबार बिहान गएको पहिरोमा वेपत्ता भएका २ जनाको शव भेटिएको छ । केदारस्युँ गाउँपालिका–८ मल्लेसीमा शनिबार विहान गएको पहिरोमा पुरिएका दुई जनाको शव भेटिए पनि अन्य केही व्यक्तिहरू अझै सम्पर्क विहीन रहेको स्थानीयले बताएका छन् । मृतकको उनीहरुको पहिचान हुन सकेको छैन । 

पहिरोका कारण १८ घर पुरिएका छन् । दुई वटा घरमा क्षति पुगेको छ । यद्यपि घटनास्थलमा प्रहरीको टोली अझैसम्म पनि पुग्न नसकेकाले क्षतिको एकिन विवरण आइसकेको छैन ।

गाउँलेहरुले नै पहिरोमा वेपत्ता भएकाहरुको खोजी गरिरहेको स्थानीय लोकेन्द्र विकले बताए । शनिवार विहान करिब २ बजेतिर पहिरो आएको स्थानीयको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top