होमपेज / समाज
बझाङ । बझाङमा पहिरोले १७ घर पुरेको छ । जिल्लाको केरास्युँ गाउँपालिकाको वडा नम्वर ८ मल्लेसीमा गए राति बस्तीमाथिबाट आएको पहिरोले बस्तीका १७ घर पुरेको तथा झण्डै २० जना वेपत्ता भएको गाउँपालिकाले जानकारी दिएको छ ।
गाउँपालिकाकी उपाध्यक्ष निशा धामीले २० बढी जना च्यापिएको भन्ने जानकारी आफूले पाएको बताइन । भने पहिरोले पशुचौपाया समेत पुरिएको उनको भनाइ छ ।
गाउँपालिका केन्द्रबाट मल्लेसी वस्ती ५ घण्टाको पैदल दुरीमा पर्छ । उद्धारका लागि प्रहरी, स्वास्थ्यकर्मी र गाउँपालिकाको टोली घटनास्थलतर्फ प्रस्थान गरेको धामीले बताइन् ।
उद्धारका लागि प्रदेश र केन्द्रमा अनुरोध गरिएको छ । सेनाको हेलिकप्टर उद्धारका लागि आउने भन्ने आश्वासन पाइएको उनले बताइन् । हेलिकप्टर आउने आश्वासन पाएपनि बझाङका प्रमुख जिल्ला अधिकारी कमल राज भण्डारीले कुहिरो लागेकाले हेलिकप्टर आउनसक्ने अवस्था नरहेको बताएका छन् ।