ट्रेण्डिङ

होमपेज / समाज

गोरखाका एक जना कोरोना संक्रमितको मत्यु

नेपालगाथा २०७७ असार २० गते शनिबार ०८:३३:०६ मा प्रकाशित

पोखरा । कोरोना भाइरस (कोभिड(१९) संक्रमणबाट गोरखामा १ जनाको मृत्यु भएको छ । जिल्लाको पालुङटार नगरपालिका ७ पुर्नेपिपलका ४४ वर्षका पुरुषको मृत्यु भएको हो । 

शुक्रबार गोरखा अस्पतालको आइसोलेशनमा भर्ना हुन आएका ती संक्रमितको शनिबार बिहान ५ बजे मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । 

कतारबाट गत मंगलबार पालुङ्टार आइपुगेका ४४ वर्षका उनी मधुमेह रोगका दीर्घरोगी रहेको अस्पतालले जानकारी दिएको छ । यो सँगै गण्डकीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ पुगेको छ । भने नेपालमा कोरोना संक्रमितको संख्या ३३ पुगेको छ ।  

प्रतिक्रिया

सम्बन्धित खवर

Top