होमपेज / समाज
एजेन्सी, काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ बाट संक्रमित हुनेको संख्या १ करोड १० लाख नाघेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कुल संक्रमिको संख्या १ करोड १० लाख ४५ हजार भन्दा धेरै रहेको छ । यस्तै मृत्यु हुनेको संख्या ५ लाख २४ हजार ५ सय ७७ पुगेको छ ।
कोरोना भाइरस संक्रमणबाट सबैभन्दा धेरै प्रभावित अमेरिकामा २७ लाख ९३ हजार बढीमा कोरोना पुष्टि भएको छ । अमेरिकामा हालसम्म १ लाख २९ हजार ४ सय ३० जनाको मृत्यु भएको छ ।
संक्रमणको आधारमा ब्राजिल दोस्रो स्थानमा छ । ब्राजिलमा १५ लाख ३९ हजार भन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ भने ६१ हजार ८ सय ८४ जनाको ज्यान गएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक छ ।