होमपेज / समाज
काठमाडौं । तपश्वीको भेषमा बसेर आश्रममा बलात्कार, हत्या र हिंसा गरेको आरोपमा लिटिल वुद्धको रुपमा चिनिने रामबहादुर बमजनविरुद्ध बलात्कारको मुद्दा दायर भएको छ । बमजनविरूद्ध बलात्कार अभियोग लगाउँदै सर्लाहीको सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
रौतहटकी किशोरीलाई बलात्कार गरेको प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा बिहीबार जिल्ला अदालत सर्लाहीमा मुद्दा दायर गरिएको सहायक जिल्ला न्यायाधीवक्ता युवराज शर्माले जानकारी दिए ।
रौतहटकी गंगामाया तामाङलाई आश्रममा बस्दा बलात्कार गरेको आरोप बमजनमाथि थियो । बालबालिका सम्बन्धी ऐनको हदम्याद अनुसार उनीविरूद्ध मुद्दा दायर गरिएको शर्माले बताए ।
आफू बालिका हुँदा भएको यौन शोषण बलात्कार विरूद्ध १८ वर्ष पुगेपछि उजुरी दिन पाइन्छ । बमजनले सर्लाहीको आश्रममा हुँदा आफूमाथि बलात्कार गरेको
भन्दै गंगामायाले माघमा जाहेरी दिएकी थिइन् । त्यसपछि प्रहरीले यो मुद्दामा अनुसन्धान अघि बढाएको थियो ।
जिल्ला सरकारी वकिल कार्यालयले बमजनविरूद्ध १२ देखि १४ वर्षसम्म कैद सजाय र मनासिम क्षतिपूर्तिको माग गर्दै मुद्दा दायर बताएको छ ।